‘जुग जाने माया’ लिएर आइन् कुसुम
गायिका कल्पना कुसमले ‘जुग जाने माया’ बोलको नयाँ गीत सांगीतक बजारमा ल्याएकी छन् । लोकभाकाको यो गीतमा उनलाई बालकृष्ण पाण्डेको साथ छ ।
गुल्मीमा जन्मेर बुटबललाई कर्मथलो बनाइरहेकी गायिका कुसुमले यसअघि एक दर्जनजति गीतहरु गाइसकेकी छन् । खासगरी उनका तिज गीतहरु यूट्यूवमा लोकपि्रय भएका छन् । उनले छायाँ छवि क्रियसनबाट उत्कृष्ट नवगायिकाको अवार्ड पनि जितेकी छन् ।
चार दिन अगाडि अपलोड गरिएको ‘जुग जाने माया’ ले एक लाखभन्दा बढी भ्यूज पाइसकेको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक पल शाहलाई स्मारिका कुँवरले साथ दिएकी छन् ।
गीतमा शब्द र संगीत राजकुमार बगरको रहेको छ । म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






