मिडिया हवद्वारा ‘सक्किगोनी’ विरुद्ध उजुरी
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ ।
मिडिया हवका मालिक सोम धितालले ‘सक्किगोनि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पात्र हुबहु प्रयोग नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् ।
धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी परेसँगै प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ ।
यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ सुरुवात गरेको थियो ।
यता ‘सक्किगो नि’मा आफुले प्रयोग गरेको चरित्र कलाकारको पर्सन चरित्र भएकोले आफुले जुनै श्रृङ्खलामा पनि प्रयोग गर्न पाउने अधिकार भएको कलाकार कुमार कट्टेल जिग्रीले बताए । ‘यो चरित्र नमरुन्जेल कलाकारले मिडियाहवसँग गर्नुपर्छ भनेर कही कतै एग्रिमेन्ट गरेको छैन’ कट्टेलले भने, ‘हामीले भन्द्रगोलमा प्रयोग गरेको चरित्र मिडिया हवको भनेर कतै सम्झौता पनि छैन ।’
‘भन्द्रगोल हामीले बनाउदा प्रयोग गरेका हौ । हामी छुट्टिएपछि हामीसँगै ल्याएका हो’ कट्टेलले थपे ‘हामीले भद्रगोल निर्माण गर्दा यस भित्रका पात्र र चरित्र जेपिती क्रियसनमा रहन्छ भनेर लेखेका छौ ।’ कट्टेलले जेपिटी क्रियसन आफुहरुको भएकोले आफुले जहाँ चायो प्रयोग गर्न पाउने सुनाए ।
कट्टेले कानुनी रुपमा पात्र र चरित्र प्रयोगको बिषयमा आफूमाथि भएको दाबी गरे । यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’ बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हाँस्य टेलिश्रृङ्खला ‘सक्किगो नि’ सुरुवात गरेको हो । जसमा धेरै पात्र र चरित्र ‘भद्रगोलमा’ प्रयोग हुँदै आएका छन् ।
‘सक्किगो नि’ जेपिटी क्रियशनमार्फत निर्माण भएको टेलिश्रृङ्खला हो । यसका लेखन तथा निर्देशन कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को रहेका छन् । ‘भद्रगोल’मा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए । भद्रगोलबाट पारिश्रमिक नपाएपछि पाँडे र जिग्रीसहित एक दर्जन बढी कलाकार टोली छुट्टिएर ‘सक्किगो नि’ निर्माण गरेका हुन् ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






