पाँचौं दुनि मेला सकियो
दुर्गा वि सि/ अाश्विन,१८ सुर्खेतको सिम्ता ९ खानिखाेलाकाे दुनिमा अायाेजना गरिएको दुनि मेला समापन भएको छ ।असौज १४ गते देखि १७ गते सम्म सञ्चालन भएको मेला प्रदेश संसद ठम्मर वहादुर विष्टले उद्घाटन गर्नु भएको थियोे ।पर्यटन प्रबन्धन,कला संस्कृतिको जगेर्नाका लागि अायाेजना गरेकाे मेला ४ दिन सम्म चलेकाे थियाे ।स्थानीय कला,गला र नृत्यलाई जाेगाउन त्यहाँका स्थानीय युवाहरुकाे ठुलाे भुमिका देखिन्छ ।दशै विशेष वृहत् खेलकुद तथा संस्कृति कार्यक्रम समेत प्रस्तुति देखाएको थियोे ।

ग्रामीण प्रतिभा शालि युवा कल्वकाे अभियान,सिम्तालि कला संस्कृति पहिचान भन्ने मुल नारा तय गरि ग्रामीण प्रतिभाशालि युवा कल्व खानिखाेलाले मेला अायाेजना गरेकाे थियोे । कल्वका अध्यक्ष चेतन अारसिले स्थानीय कला संस्कृतिको जगेर्नाका लागि सधैंका वर्ष झैं याे वर्ष पनि मेला सञ्चालन गरेकाे जनाउनु भयाे । पुरानाे परम्परागत कुराहरु लाेप हुन थाले पछि हामी युवाहरु यस्काे रक्षाका लागि जुटेको अारसिकाे भनाइ छ । मेला समापन सत्रका प्रमुख अतिथि सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सिले याे मेलाले सिम्ताकाे पहिचान झल्काएको वताउनु भयाे । सुर्खेत सिम्ता कला संस्कृतिको गहना भएको जनाउँदै,सबै खाले पहिचान वाेकेकाे यो उर्वर भुमिमा पुरानाा परम्परागत जाेगाउन अब युवाले भुमिका खेल्नुपर्ने जनाउनु भयाे ।

सुर्खेत पहिचान अब सिम्तामा मात्रै छ,कला भित्रकाे कस्तुरि रहेकाे याे सिम्ता सुर्खेतको अन्यत्र भन्दा अघि रहेको ठाेकुवा गर्नु भयाे ।साथै सुर्खेत गाउँपालिका देखि अालि हुदै खानिखाेला दुनि भएर सुर्खेत जाने इन्द्र वि सि फास्टट्र्याक मार्ग निर्माणका लागि अाफु अघि सरेको तेहि अनुसार काम दुर्त गतिमा अघि वढेकाे जनाउनु भयाे ।सिम्ता वासिकाे लागि याे सडक निर्माण भएमा प्रदेश राजधानी जान १ घण्टा छाेटाे हुनेछ । मेलामा भिभिन्न झाँकी,कला र खेलकुद प्रतियोगितामा विजय खेलाडीलाई नगद,प्रमाणपत्र वितरण गरिएको थियाे । कर्णाली प्रदेश पत्रकार महासघका अध्यक्ष दुर्गा थापा,विद्यार्थी नेता गगन सिंह ठकुरि,गैसस महासघ सुर्खेतका अध्यक्ष घनश्याम के सि लगाएतका महानुभावकाे उपस्थित रहेकाे थियाे ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।