रोकिराखेको टिपर चल्दा सडक पिच गर्ने महिलाको मृत्यु, ३ मजदुर घाईते

   
त्रिवेणी अनलाइन
१४ आश्विन २०७६, मंगलवार १४:४८ मा

असोज १४, सल्यान । सल्यानमा सडक कालोपत्रे गर्न रोकिराखेको टिपर चल्दा १ महिलाको मृ’त्युु भएको छ भने ३ जना घाइते भएका छन् । शारदा नगरपालिकाको कार्यालय नजिकै खलंगा–सुर्खेत सडकको कालोपत्रेको लागि बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नम्बरको टिपर आज  दुर्घटना हुँदा शानपा ८ मार्केकी ४५ वर्षिया रामकली विकको घटनास्थलमै मृ’त्युु भएको हो ।

घाईते हुनेमा उक्त सडकको काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु, र शेषनाथ कुमाल रहेको प्रहरीले जनाएको छ । उनिहरुको जिल्ला अस्पताल सल्यानमा उपचार हुँदैछ ।

घटना कसरी भयो  

सधै उक्त टिपरले सडकमा बालुवा झार्ने काम गरिरहेको हुन्थ्यो । प्रत्यक दुरीमा टिपर रोक्ने र कामदारले बालुवा झार्ने काम गर्थे ।

प्रत्यक्ष दर्शिले बताए अनुसार सधैझै आजपनि दिउँसो १ बजेतिर टिपर रोकिएको र कामदारले बालुवा झार्दै थिए । सोहि क्रममा चालक टिपरबाट झरेका थिए । त्यतिखेर नै एक महिला पिउन भनेर टिपरको झ्याल खोलेर भित्र बोतल खोज्दै थिइन् । ती महिला हुन ज्यान गुमाउने रामकली विक ।

उनले बोतल खोज्दा गाडीको ब्रेक छुइन् र एक्कासी गाडी ब्याक भएर सडक तल खस्यो । बालुवा निकाल्ने अन्य ३ जना भने पछाडी भएकाले उनिहरु घाइते हुनेगरी उछिट्टीए तर ती महिलाको भने गाडीको बीच भागले च्याप्पीएर मृ’त्यु भयो ।

Source : Lekali Online

तपाइँको प्रतिक्रिया
Array