रोल्पामा बस दुर्घटना : २ जनाको ज्यान गयो

१३ आश्विन २०७६, सोमबार १५:०१ मा प्रकाशित
[Sassy_Social_Share total_shares="ON"]

रोल्पा – रोल्पाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा सोमबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।

दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै ज्यान गएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको  प्रहरीले जनाएको छ ।

Ujayaalo online

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu