सल्यान पनि डेंगुकाे उच्च जोखिममा, एक महिलामा संक्रमित
सल्यान जिल्ला पनि डेंगुको जोखिममा रहेको छ । छिमेकी जिल्लाहरु दाङ, सुर्खेतमा डेंगुका बिरामीहरु भेटिएसंगै यसको प्रकोप जिल्लामा पनि फैलिन थालेकाे हाे ।
जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे बनगाड कुपिण्डे नगरपालिकामा -६ स्थित एक महिला डेंगु संक्रमित भएकी छन् । उनकाे स्थानीय अस्पतालमा समान्य उपचार पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको सल्लीबजारबाट पत्रकार दुर्गा विसीले खबर पठाएका छन् ।
करिब २ हप्ता देखि विरामी भएर थला परिकी उनलाई स्थानीय मेडिकल तथा अस्पातलको औषधीले निको नभए पछि उपचारको लागि सुर्खेत लगिएको हाे ।उनलाइ डेंगु देखिएसँगै सल्यानको पश्चिम क्षेत्र समेत डेंगुको उच्च जोखिममा रहेको स्वास्थ्य कर्मिहरुको भनाई रहेको छ ।
भेरी नदि किनारमा बस्तीसँगै सल्लीवजार समेत निक्कै प्रदुषित रहेकोले स्थानीयलाई सचेत हुन सञ्जीवनी सामुदायीक अस्पताल सल्लीवजारका डाक्टर शुशिल मण्डलको आग्रह छ । बजारको नालीहरु निक्कै दुर्गन्धित र खोला, खाल्साहरुमा फोहर पानीको मात्रा बढिरहेकोले उच्च सजगता अपनाउन उनले आग्रह गरेका छन् ।
यसैबिच सल्यान जिल्लाका अन्य ठाउँमा पनि डेंगुको जोखिममा रहेको छ । जिल्लाको श्रीनगर, कालीमाटी संगै शारदा नदि करिडोरको बस्ती र भेरी नदि किनारमा रहेको सल्लीबार जोखिमयुक्त क्षेत्रको रुपमा रहेका छन् । यस बाहेक पूरै जिल्लामा नै डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता अपनाउन थालिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचारका लागी आएका बिरामीहरुमा देखिएको लक्षण र रगत जाँच गरेर डेंगुको परिक्षण गर्ने गरेको अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बताए । ‘सल्यान पनि डेंगुको जोखिममा रहेको छ, जुनसुकै बेला पनि महामारीको रुपमा फैलन सक्ने भएकाले सर्तकता आवश्यक छ’, उनले भने, ‘यसका लागी जिल्लामा नै परिक्षण गर्ने ब्यबस्था गरेका छौँ ।’
अस्पतालमा छैन् डेंगुका बिरामी पत्ता लगाउने ‘किट’
देशभर डेंगुको संक्रमण फैलिरहँदा सल्यानमा भने डेंगु परीक्षण गर्ने किट नै नभएको पाइएको छ । प्रयोगशालामा गरिने विभिन्न परीक्षणमध्ये मानिसको रगत किटबाट परीक्षण गरी डेंगुको संक्रमण भए नभएको पत्ता लगाइन्छ । तर सल्यानमा डेंगुका बिरामी पत्ता लगाउने ‘किट’ नै नभएको जिल्ला अस्पतालले जनाएको छ ।
शङ्कास्पद बिरामी उपचारका लागी आउने गरेपनि किट नहुदाँ समस्या हुने गरेको प्रमखु बुढा मगरले बताए । ‘जिल्ला अस्पतालमा शङ्कास्पद बिरामीहरु आउने गर्दन्, तर डेंगु परिक्षण गर्ने किट छैन्’ , उनले भने, ‘बिरामीमा देखा परेको लक्षण र उनीहरुको रगत परिक्षण गछौँ, तर अहिले सम्म डेंगुबाट संक्रमित बिरामीहरु भेटिएका छैनन् ।’
के हाे डेंगु :
डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
लक्षणहरु :
– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु
– छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
– ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
– १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।
सतर्कता :
– ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
– आइबुप्रोफेन, अस्पिरि आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
– बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ।
– जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल, सुप नियमित खाने ।
उपचार :
– डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन। एन्टिबायोटिकले डेंगु निको हुँदैन । चिकित्सकले अर्को संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन। तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन।
रोकथाम :
– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन (Eg. Odomus) शरीरमा लगाउने ।
– लामो बाहुला भएको कपडा लगाउने ।
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नुपर्छ । १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने ।
– प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






