शिवजन क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

५ भाद्र २०७६, बिहीबार १८:४७ मा प्रकाशित

नेपाल सरकारका पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय संसद प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले बजेटको अभावले जिल्लाको बिकास हुन नसकेको भन्ने अबस्थाको अन्त्य भएको बताउनु भयो । शिवजन क्याम्पस शीतलपाटि, सल्यानकाे दाेस्राे क्याम्पस सभा तथा शैक्षिक भवन उदघाटन कार्यक्रममा बोल्दै उहाँले सल्यान जिल्लामा यस आर्थिक बर्षमा स्थानीय तह,प्रदेश हुँदै संघिय सरकारले गरेर करिब ७ अर्ब बजेट बिनियोजन भएको बताउँनु भयो ।

यो बजेट सहि तरिकाले बिकासे काममा प्रयोग गरे जिल्लाको मुहार फेरिनेमा दुइमत नरहने बताउँनु भयो ।उहाँले संघियता लागु नहुदाको अबस्थामामा सल्यान जिल्लामा करिव ४०/५० करोड बजेट आएको थाहा पाउन सकिन्थ्यो भने अहिले त्यस्को १० औ गुणा बजेट वृद्धि भएर, आएको बताउदै उक्त बजेटलाई सहि तरिकाले प्रयोग गर्न समेत सल्यानी जनतालाई अनुरोध गर्नु भएको थियो ।बस्नेतले २०७९ साल भित्र,अर्थात आफ्नो कार्यकाल भित्र जिल्लामा,ग्रामीण बिधुतिकरण गरि सक्ने बताउँदै सल्यान जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरुमा श्रम र संस्कारको बिकास गर्नु पर्ने आवस्यकता देखिएको बताउँनु भयो । शिवजन क्याम्पसको उक्त कार्यक्रममा बोल्दै उहाँले, नेपालका केहि जिल्लाको संस्कार लोकसेवा आयोग र शिक्षक सेवा आयोगमा नाम निकाल्नका लागी घुडा धसेर पढ्ने र त्यसमा सफलता हासिल गर्ने रहेकाले,सल्यान जिल्लाको शिक्षा क्षेत्रमा नि त्यस्तो खाले संस्कार बसाल्न जरुरत रहेको बताउँनु भएको छ । जिल्लामा सञ्चालन भएका सबै क्याम्पसहरुमा, एउटै खालको बिषयको पठनपाठनमा केन्द्रित भएकाले शिक्षा क्षेत्रमा सोचेअनुसारको,सुधार हुन नसकेको बताउँनु भएको थियो । यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारी क्षेत्रको मुख ताकेर बस्दा शैक्षिक क्षेत्रमा सुधार आउन नसक्ने बताउँनु भयो । उहाँले शिक्षक, बिद्यार्थी र अभिभावकका बीचमा त्रिपक्षिय ढंगबाट अगाडी बढन् सके शिक्षा क्षेत्रमा छोटो समयमा पनि धेरै बिकास गर्न सकिने बताउँनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका,ज्वालाले क्याम्पसका समस्याहरुलाई किटानिका साथ सम्बन्धित निकाय सम्म राख्न अनुरोध गर्नु भयो ,त्यसले समस्याको समाधान गर्नमा, महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै,सल्यान जिल्लाको शैक्षिक बिकासको लागी जिल्लाका क्याम्पसहरुमा शिक्षा संकाय,ब्यवस्थापन संकायमा मात्र नभएर प्राबिधिक धारका बिषयहरुमा पनि अध्यापन गराउने बाताबरण निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । यस्तै कार्यक्रममा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले शिक्षा क्षेत्रमा आफुले विशेष जोड दिने बताउदै शिव जन क्याम्पसको भौतिक र शैक्षिक सुधारको लागि नगरपालिकाले विशेष बजेट प्राथमिता राखेको बताउनु भयो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बल राम राया, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, शारदा नगरपालिका १ का वडाअध्यक्ष नवराज बुढाथोकी,सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउने, क्याम्पस सभा सदस्य सन्तोष राई, क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष प्रेम डाँगी, स्वतन्त्र बिद्यार्थी यूनियन शिब जन क्याम्पसका सभापती हरि प्रकाश वली, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा, बिर बहादुर सेजवाललगाएतले सम्बोधनका साथ दोस्रो सभाको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा,शिवजन क्याम्पसको बार्षिक प्रतिबेदन प्रस्तुत गर्द्वै क्याम्पस प्रमुख सुर्य नारायण शर्माले, २०६४ सालमा त्रिभुवन बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले आर्थिक बर्ष २०७५र०७६ मा १ करोड २९ लाख आम्दानी गरेको बताउँनु भयो । उहाँले शिवजन क्याम्पस शिक्षक, बिद्यार्थी र अभिभावकहरुको त्रिपक्षिय छलफल र समन्वय बाट सञ्चालन भैरहेको बताउँनु भयो । यस्तै शिवजन क्याम्पसको दोस्रो क्याम्पस सभा बाट नयाँ क्याम्पस संचालक समिति चयन गरिएको छ । बुधबार किसान बुढाथोकीको अध्यक्षतामा १४ सदस्यीय क्याम्पस संचालन समिति चयन गरिएको क्याम्पसले जनाएको छ । जसको उपाध्यक्ष प्रेम डाँगी र पुस्कर बस्नेत, सदस्यहरुमा केशव बुढाथोकी, जुनकेरी वि क, तिलक कुमार वि क, इन्द्र बहादुर खड्का, जालना भण्डारी, सन्तोष राई, सुरेन्द्र बुढा, रामकृष्ण रेग्मी, प्राण कुमार राई, अप्सरा वली, गुमान सिंङ बस्नेत लगाएत रहेका छन ।

https://www.facebook.com/Diyoonline2075/videos/2385567081723878/
Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu