राजागिठी लिफ्ट खानेपानी योजनाको उद्घाटन सय घरधुरी लाभान्वीत
राजागिठी लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ । त्रिवेणी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष हस्त बहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, विशिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, विशिष्ट अतिथि गाउँपालिका निवर्तमान अध्यक्ष मान बहादुर डांगी, निवर्तमान उपाध्यक्ष करुणा खड्का, अतिथिहरुमा निवर्तमान वडा नं. २ का अध्यक्ष मेघराज, वडा नं. १ का वडाअध्यक्ष दल बहादुर बस्नेत रहनु भएको थियो । उक्त खानेपानी योजना १ करोड ४ लाख ८९ हजार ७ सय ४ रुपैयामा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै निवर्तमान गाउँपालिका अध्यक्ष मान बहादुर डांगीले आफुले चुनाबको बेला गरेको वाचा पुरा गरेको बताउनु भयो ।
उक्त खानेपानी योजनाले वडा नं. २ का एक सय घरमा एक घर एक धारा अनुरुप धारा जडान गरि पानी वितरण गरिसकेको तथा बाकि ४४ घरमा पनि छिटै पानीको वितरण गरिने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । कार्यक्रमको संचालन योजना शाखाका अमर बबालले गर्नुभएको थियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement












