अनुदानमा ४० वटा मुर्रा जातका भैँसी वितरण

२७ फाल्गुन २०७८, शुक्रबार ०९:३६ मा प्रकाशित

सल्यानको त्रिबेणी गाउँपालिकाका कृषकहरुलाई भैँसी वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र स्थानिय कृषकहरुको लागत साझोदारी अन्र्तगत कार्यालयको ४० लाख रुपैयाँ र स्थानिय कृषकहरुको २३ लाख २६ हजार रुपैँया गरी ६३ लाख २६ हजार रुपैँयाको लागतमा ४० वटा मुर्रा जातका भैँसी खरिद गरि कृषकहरुलाई वितरण गरिएको हो ।

भैँसी र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउँदै कृषकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित ब्लकमा भैँसीको स्रोत केन्द्र स्थापना कार्यक्रम अन्र्तगत त्रिबेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङमा रहेको थर्कोट भैँसीपालन कृषक समुहमा आवद्ध कृषकहरुलाई भैँसी खरिदका लागि अनुदान उपलव्ध गराइएको थियो । समुहका अध्यक्ष दिपक कुमार रेग्मीले समुह भित्र रहेका २० जना कृषकहरुलाई भैसी वितरण गरिएको बताउनुभयो ।


जिल्लामा नै भैँसीको स्रोतकेन्द्र स्थापना गर्ने र दूधजन्य पदार्थमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ भैँसी खरिदमा अनुदान उपलव्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो । भैँसीपालनका लागि राम्रो सम्भावना बोकेको फलावाङ क्षेत्रका कृषकहरुलाई भैँसीपालनमा व्यवसायिक बनाउन भैँसी खरिदमा अनुदान दिएर भैँसी वितरण गरिएको उहाँको भनाइ छ ।

भैँसी वितरण कार्यक्रममा त्रिबेणी गाउँपालिका –४ का वडाअध्यक्ष छविराज शर्मा, पशु अस्पताल तथा पशु सेवा कार्यालयका लेखापाल प्रेम बहादुर डाँगी, त्रिबेणी गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावत, समाजसेवी कुल बहादुर भण्डारी, पत्रकार उत्तर कुमार साहु लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu