नेपाली कांग्रेस सल्यानको सभापतिमा मानबहादुर डाँगीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस सल्यानको सभापतिमा मानबहादुर डाँगीले उम्मेद्बारी घोषणा गर्नुभएको छ । शनिबार उहाँले आफ्नो फेसबुक मार्फत आगामी जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष समेत रहेका डाँगी हाल कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ। उहाँले २०३६ सालबाट नेपाल विद्यार्थी संघ नेविसंघ बाट राजनीति सुरु गर्नु भएके थियो।
२०४६ सालदेखि पार्टीको जिल्ला सदस्य हुँदै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती भइसकेका डाँगीले पार्टीको ९ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि, महासमितिको जिम्मेवारीमा रहँदै आएको र अब जिल्ला पार्टीको नेतृत्व गर्ने बताउनु भएको छ ।
२०४९ सालमा तत्कालीन फलाबाङ गाविस गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका डाँगी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर त्रिवेणी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा