सल्यानमा जिप दुर्घटनामा हुदा सात जना घाइते
सल्यानमा सोमबार विहान भएको जिप दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार नेपालगंजबाट शव बोकेर वनगाड कुपिण्डेको १० थापाचौर जाँदैे गरेको जिप विहान तिन बजे वनगाड कुपिण्डेको वडा नम्वर ८ आगरनेटामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको भे १ च ३६६९ नम्वरको डवल क्याप जिप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनामा घाइते हुनेहरुमा जिप चालक बनगाड कुपिण्डे ८ वावियाका २६ वर्षिय बल बहादुर कवर, सोहि ठाउँ बस्ने ४० वर्षिय गाडि साहु होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौर बस्ने २१ वर्षिय आईतुलाल थापा, ३२ वर्षिय खोकलाल थापा, २६ वर्षिय हुर्मति थापा, २० वर्षिय केशव थापा र ४५ वर्षिय टोप बहादुर घर्ति रहेका छन् । उनिहरु मध्ये चालक बल बहादुर, हुर्मति र आईतुलालको अवस्था गम्भिर छ । घाइते मध्ये तिनजनालाई उपचारको लागी नेपालगंज लगिएको छ भने ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको प्रहरी पवक्ता इनिस्पेक्टर अर्जुन पाैडेलेले जानकारी दिनुभयाे ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






