प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनु हुन्न : प्रेस सल्लाहकार थापा
काठमाडौँ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताउनु भएको छ । आफ्नो सामाजिक सञ्जाल फेसबुकमामा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताउनु भएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ ,सल्लाहकार थापाले लेख्नुभएको छ, तत्काल राजीनामा दिनुहुने छैन । त्यस्तै थापाले संसद् पुनः स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख पनि गर्नभएको छ । सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छु थापाले लेख्नुभएको छ, यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।
ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको थियो । बदरसँगै विभिन्न दलका नेताहरूले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा