सल्यानमा थप १९ जना कोरोना संक्रमित थपिए

   
त्रिवेणी अनलाइन
८ मंसिर २०७७, सोमबार २१:०० मा

मंसिर ८,सल्यान
सल्यानमा स्वास्थ्यकर्मी, कर्मचारी र व्यापारी सहित १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो पटक ६० जनाको स्वाब संकलन परीक्षण गर्दा १९ जनाको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । आइतबार मात्र १२ जनामा कोरोना पुष्टि भएको थियो ।

सल्यान जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, केही कार्यालयका कर्मचारी र सदरमुकाम खलंगाका स्थानीयमा कोरोना देखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । पछिल्लो समय जिल्लामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिँदै गएको छ ।

जिल्लामा हालसम्म ६ सय ४६ जनामा कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । संक्रमित मध्ये ५ सय ५१ जना निको भएर घर फर्कि सकेका छन् ।

तपाइँको प्रतिक्रिया
Array