सल्यानमा गुडिरहेको बसबाट खसेर एकको मृत्यु ।

   
त्रिवेणी अनलाइन
३ मंसिर २०७७, बुधबार १४:१२ मा

सल्यान ३ मंसिर । सल्यानमा गुडिरहेको बसबाट खसेर एक जनाको मुत्यु भएको छ । सल्यानको बाफुखोलाबाट दाङको लागी छुटेको ना ५ ख १००१ नम्बरको बसबाट खसेर बागचौर नगरपालिका वडा नं। ११ का २१ वर्षिय एकराज खड्काको मृत्यु भएको हो । गुडिरहेको बसमा बान्ता गर्नको लागि ढोका तर्फ जाँदै गर्दा एक्कासी लडेर घाइते खड्कालाई जनप्रीय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अपस्ताल सल्यानमा ल्याईएको थियो । उनको उपचारको क्रममा आज दिउँसो १ बजे जिल्ला अस्पताल सल्यानले मृत घोषणा गरेको छ । आवश्यक कार्बाहीको लागि गाडी र चालकलाइ इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी हवल्दार बिरेन्द्र कठायतले जनाएका छन

तपाइँको प्रतिक्रिया
Array