सल्यानमा गुडिरहेको बसबाट खसेर एकको मृत्यु ।
सल्यान ३ मंसिर । सल्यानमा गुडिरहेको बसबाट खसेर एक जनाको मुत्यु भएको छ । सल्यानको बाफुखोलाबाट दाङको लागी छुटेको ना ५ ख १००१ नम्बरको बसबाट खसेर बागचौर नगरपालिका वडा नं। ११ का २१ वर्षिय एकराज खड्काको मृत्यु भएको हो । गुडिरहेको बसमा बान्ता गर्नको लागि ढोका तर्फ जाँदै गर्दा एक्कासी लडेर घाइते खड्कालाई जनप्रीय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अपस्ताल सल्यानमा ल्याईएको थियो । उनको उपचारको क्रममा आज दिउँसो १ बजे जिल्ला अस्पताल सल्यानले मृत घोषणा गरेको छ । आवश्यक कार्बाहीको लागि गाडी र चालकलाइ इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी हवल्दार बिरेन्द्र कठायतले जनाएका छन
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






