पछिल्लाे २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु
बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ।
थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






