सल्यानमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी
असार १६, सल्यान
सल्यान थप १५ जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
सोमबार मात्र दार्मा गाउँपालिकाका दुई कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि भएको थियो ।
मंगलबार १५ जना थपिएसँगै सल्यानमा सक्रमितको सख्या २ सय ५ पुगेको छ । सबैभन्दा धेरै बनगाड कपिण्डे नगरपालिकाका १ सय १ सय ४९ जना रहेका छन् । शारदा नगरपालिकामा ३, बागचौर नगरपालिकाका ९, कुमाख गाउँपालिकाका १८, सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै त्रिवेणी गाउँपालिकाका ५, कपुरकोट गाउँपालिकाका १, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १४ र सल्यान अस्पतालमा १ जना गरी २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






