लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

२ बैशाख २०७७, मंगलवार १५:११ मा प्रकाशित

मन्त्रिपरिषद बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यस अघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।

अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu