शारदा नगरपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
सल्यान २१, माघ ।
शारदा नगरपालिका स्तरिय दोश्रो रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार देखि सल्यान खलङ्गको लुहापिड्डमा सुरु भएको छ । नगर भित्रका १० वटा सामुदायिक माध्यमिक बिद्य।लय र ५ वटा संस्थागत माध्यमिक बिद्य।लय गरि १५ वटा माबी को सहभागिता रहेको प्रतियोगिता २ दिन सम्म चल्नेछ ।
प्रतियोगितामा यथलेटिक्स,भलिभल, तेक्वान्दो,कपर्दी र फ्याक्ने र उफर्ने गरि ५ वटा इभेन्टमा प्रतिस्पर्धा हुने नगरका शिक्षा सङ्योजक लिलाधर बबालले जानकारी दिनुभयो ।
शारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अथिती जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिस्ट हुनुहुन्थ्यो ।
बिस्टले उद्घाटन समारोह लाई सम्बोधन गर्दै खेलकुद र शिक्षाको सम्बन्ध अनोन्याश्रीत रहेको भन्दै आत्म अनुशासन र स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो । उहाले स्थानिय स्तरमा स्थानिय वासिन्दाले उत्कृस्ट शिक्षा लिन पाउनुपर्ने भन्दै यो क्षेत्रमा अझै प्रभावकारी काम गर्न बाकी रहेको धारणा राख्नुभयो ।
कार्यक्रमका विशिष्ट अथिती जिल्ला समन्वय उप प्रमुख हरि प्रकाश बुढाथोकिले खेलकुद खाली खेलकुद मात्र नभएर जिवनको एक अङ्ग रहेको भन्दै अनुशासित भएर यस्लाई अगाडि बढाउनुपर्ने स्पस्ट पार्नुभयो ।
सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख अधिकारिले खेलकुदले मानसिक रुपमा सबल नागरिक उत्पादन गर्न सहयोग पुग्ने भन्दै सबल नागरिकले मात्र रास्ट्र निर्माणमा योगदान दिनसक्ने स्पस्ट पार्नुभयो ।उहाले पहिलो वर्षको तुलनामा यो वर्ष नगरले प्रतियोगिता लाई परिमार्जित र व्यवस्थित गर्ने प्रयत्न गरेको भन्दै आगामी वर्ष अझ परिस्कृत गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख साबित्रा बस्नेतले खेल जिवनको महत्वपुर्ण अङ्ग रहेको भन्दै यस्ले बिध्यार्थी हरुमा स्वस्थ प्रतिस्पर्धा गर्न सिकाउने धारणा राख्नुभया े।
कार्यक्रममा रास्ट्र सेवक कर्मचारी हरुको तर्फ वाट आफ्नो धारणा राख्दै नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाहिले खेलकुद रास्टृय अभियान रहेको भन्दै यो अभियान लाई सार्थक बनाउनु सवैको दायित्व भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राजनैतिक दलको तर्फ बाट नेपाली काङ्ग्रेशका सभापती गणेश चन्दले शुभकामना मन्तव्य राख्नु भएकोथियो ।
नगर शिक्षा संयोजक बबालले सहजिकरण गर्नुभएको कार्यक्रममा नगरको तर्फ बाट वीर बहादुर सेजवालले अथिती हरुलाई स्वागत गर्नुभएकोथिया े।
उद्घाटन कार्यक्रममा नगरका सवै वडाका वडा अध्यक्ष हरु,कार्यपालिका सदस्य हरु,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख हरु,सवै बिद्य।लय प्रअ,बिध्यार्थी र पत्रकार लगाएतको उपस्थितिथियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






