सल्यानमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

   
त्रिवेणी अनलाइन
२६ पुष २०७६, शनिबार ११:५५ मा

इन्द्र बुढाथोकी / पुस २६, सल्यान । सल्यानमा मालबाहक ट्र्क दुर्घटना हुँदा चालकको मृ’त्यु भएको छ । सल्ली-चौरजाहारी सडक अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका – ४ कोलखोला भाटमारे नजिकै गएराती ना ४ ख ८८७० नम्बरको ट्रक दुर्घटना हुदा चालक सुर्खेत भेरीगगा नपा छिन्चुमदन चौरको अन्दाजी ३५ वर्षको रविन बिकको घटना स्थलमा नै मृ’त्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय सल्लीबजारका अनुसार ट्रक सडक बाट करिब १ सय मिटर तल खसेको छ । ट्रकले चौरजाहारी मेलैनाउली निमाणधिन केशव शाह कन्स्ट्रक्सनको पक्की पुलको सेटिङ्गको सामान ट्रक रहेको थियो । ट्रक कसरी दुर्घटना भएको त्यसको खोजी भैरहेको प्रहरी जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array