नगरपालिकाले दिन्छ गर्भवतीलाई ‘बधाई’ निम्तो
जुम्लाको चन्दननाथ नगरपालिका अरूभन्दा भिन्न छ। यहाँ नगर प्रमुख र उपप्रमुख महिला छन्। त्यसैले पनि हुनुपर्छ, नगरवासीका लागि यो नगरपालिकाले केही महिलामैत्री योजना लागू गरेको छ।
त्यसैमध्ये एक हो- सुरक्षित प्रसूतिका लागि निमन्त्रणा।
गर्भवतीको तस्वीर उल्लेखित लोगो छेउ ‘जीवन सुरक्षा’ लेखिएको छ।
जुन घरमा गर्भवती छन् त्यो घरमा बधाईसहित नगरपालिकाले कार्ड पठाउन सुरू गरेको छ।
घरमै सुत्केरी हुँदा आमा-बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो।
कार्डको एकातिर गर्भवती भएकोमा बधाई दिइएको छ भने चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ।
नगर प्रमुख कान्तिका सेजुवालका अनुसार गर्भवतीलाई अनिवार्य रूपमा स्वास्थ्यचौकीमा आउन निमन्त्रणा कार्ड नै वितरण सुरू गरिएको हो।
‘कार्डमा गर्भवती भएका बेला अपनाउनुपर्ने र सचेत हुनुपर्ने कुराहरू पनि समावेश गरेका छौं,’ उनले भनिन्, ‘कम्तीमा चार पटक गर्भ जाँच गराउन पनि निमन्त्रणा कार्डमार्फत् नै सम्झाउन खोजेका छौं।’
नगरभित्र जोखिमका साथ परम्परागत रूपमा घरमै सुत्केरी हुने अवस्था हटाउन यस्तो उपाय निकालिएको उनले जानकारी दिइन्।
‘बालमृत्युदर कम गर्न यो कार्यक्रम प्रभावकारी हुनसक्छ,’ उनले भनिन्।
गत पुस १ गतेदेखि गर्भवतीका घरमा नगरपालिकाले निमन्त्रणा कार्ड पठाउन सुरू गरेको हो।
कार्ड वितरण गर्नुअघि नगरपालिकाका कर्मचारीले नगरभित्र गर्भवतीको संख्या उतार्छ।
‘घरघरमा गएर गर्भवतीको संख्या लिन्छौं,’ उनले भनिन्, ‘गर्भवतीलाई भेटेरै केही समस्या छन् कि बुझ्छौं।’
जनप्रतिनिधिहरूले पनि आफ्ना वडाभित्रका गर्भवतीहरूसँग अन्तरक्रिया गर्ने, सुरक्षित प्रसूतिका लागि जनचेतना जगाउने उनले बताइन्।
‘अहिलेसम्म ९० जना गर्भवतीलाई बधाईसहित नियमन्त्रणा कार्ड नै पठाइसकियो,’ सेजुवालले भनिन्, ‘कार्यक्रम प्रभावकारी बन्दैछ।’
यो कार्यक्रमका लागि नगरपालिकालाई युएसएडले पनि सघाएको छ। ‘युएसएडले हामीसँग सहकार्य गरेको थियो तर अहिले उहाँहरूको प्रोजेक्ट सकिसक्यो,’ उनले भनिन्,‘नगरभित्रका १० वटै वडामा यो कार्यक्रम नगरपालिकाले नै आफैं सञ्चालन गरिरहेको छ।’
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






