सल्यानमा खानेपानी बिस्तारका लागी प्रदेश र केन्द्र सरकारको रु.९ करोड, ३५ योजना निर्माण हुदैँ

८ पुष २०७६, मंगलवार १०:२८ मा प्रकाशित

सल्यान ८, पौष ।
सल्यानमा खानेपानी बिस्तारको लागी करिब ९ करोड रुपैँया विनियोजन भएको छ । चालु आर्थिक बर्षमा काम सम्पन्न गर्नका लागी जिल्लामा स्थानिय तह बाहेक प्रदेश सरकार र केन्द्र सरकारले ९ करोड ७४ लाख रुपैँया विनियोजन गरेका हुन् । जसमा प्रदेश सरकार बाट ६ करोड रुपैँया र केन्द्र सरकारबाट ३ करोड ७४ लाख रुपैँया विनियोजन गरिएको छ ।

अहिले जिल्लामा खानेपानी योजना सञ्चालनको लागी काम भैरहेको खानेपानी, सिँचाई तथा ऊर्जा बिकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रदेश सरकारको वजेटबाट १९ वटा र केन्द्र सरकारको वजेटबाट १६ वटा खानेपानीका योजनाको काम शुरु गएिको छ ।


कार्यालयका निमित्त प्रमुख प्रेम बहादुर वलीले अहिले ती खानेपानी योजनाहरुको सर्वे तथा डिपिआरको काम भैरहेको जानकारी दिनुभयो । ‘अहिले जिल्लामा खानेपानीको लागी थुप्रै बजेट आएको छ, हामीले ती खानेपानी योजनाको सर्वे र डिपिआरको कामलाई अन्तिम चरणमा पु¥याएका छौँ, यसको रिपोर्ट आउन मात्रैँ बाँकी छ’— उहाँले भन्नुभयो ।

हाज सल्यानमा साना ठूला गरि एक हजार बढी खानेपानीका पुराना आयोजना रहेका छन् । अहिले जिल्लामा सञ्चालन गर्न लागिएका खानेपानी योजना प्रायः लिफ्ट सिस्टम मार्फत सञ्चालन गर्ने रहेका उहाँले बताउनुभयो । ‘योजनाको डिपिआरको रिपोर्ट आउने तयारी छ, रिपोर्ट आएपछि सामान खरिद र अन्य कामलाई संगै अगाडी बढाउछौँ’—उहाँले भन्नुभयो ।


उहाँले यी खानेपानी योजना उपभोक्ताहरुको सक्रियतामा सञ्चालन गरिने बताउनुभयो । ‘बजेट सुनिश्चत भएको सन्दर्भमा टेण्डर प्रक्रिया मार्फत काम अगाडी बढ्छ, बजेट सुनिश्चित नभएको अबस्थामा स्थानिय उपभोक्ता मार्फत नै काम गर्नुपर्छ’— उहाँले भन्नुभयो । एक घर एक धाराको अभियान अन्र्तगत अब बन्ने खानेपानीका योजनामा सबैको घरघरमा खानेपानीका धारा जडान गरिने उहाँले बताउनुभयो ।

‘खानेपानी योजनाको डिपिआर गरेर मात्रै बजेट बिनियोजन गरेको भए अहिले धमाधम काम शुरु हुनेथियो, तर डिपिआर विना नै बजेट बिनियोजन भयो, त्यसैले डिपिआर गर्दा केही समय यसमा खर्चनु परेको छ’— उहाँले भन्नुभयो । जिल्लामा प्रदेश र केन्द्र सरकारबाट सिँचाई तथा नदि नियन्त्रणका लागी करिब १० करोड रुपैँया विनियोजन भएको छ । यस्तै जिल्लामा ग्रामिण बिद्युक्त बिस्तारको लागी प्रदेश सरकारले ६ करोड ५० लाख रुपैँया बिनियोजन गरेको कार्यालयले जनाएको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu