लक्ष्मीपुरको एक पसलमा आगलागी, ५ लाख बराबर क्षति

   
त्रिवेणी अनलाइन
२४ आश्विन २०७६, शुक्रबार १२:४७ मा

२४ असोज / बिद्युत सर्टहुदा तुलसीपुरको एक पसलमा आगलागी भएको छ ।  

तुलसीपुर १६ लक्ष्मीपुर प्रकाश खडकाको घरमा रहेको रिफेस जनरल स्टोरमा आगलागी भएको हो । शुक्रबार राती १२:३०  बजे देखी  भएको आगलागीबाट करिब ५ लाख बराबरको  क्षति भएको हुन सक्ने  जिल्ला प्रहरी कार्यालय दाङले  जानकारी दिएको छ ।

बिजुलीको तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको छ। स्थानिय बासी र प्रहरीको सहयोगमा आगो १:२० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको  प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया
Array