रोकिराखेको टिपर चल्दा सडक पिच गर्ने महिलाको मृत्यु, ३ मजदुर घाईते
असोज १४, सल्यान । सल्यानमा सडक कालोपत्रे गर्न रोकिराखेको टिपर चल्दा १ महिलाको मृ’त्युु भएको छ भने ३ जना घाइते भएका छन् । शारदा नगरपालिकाको कार्यालय नजिकै खलंगा–सुर्खेत सडकको कालोपत्रेको लागि बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नम्बरको टिपर आज दुर्घटना हुँदा शानपा ८ मार्केकी ४५ वर्षिया रामकली विकको घटनास्थलमै मृ’त्युु भएको हो ।
घाईते हुनेमा उक्त सडकको काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु, र शेषनाथ कुमाल रहेको प्रहरीले जनाएको छ । उनिहरुको जिल्ला अस्पताल सल्यानमा उपचार हुँदैछ ।
घटना कसरी भयो
सधै उक्त टिपरले सडकमा बालुवा झार्ने काम गरिरहेको हुन्थ्यो । प्रत्यक दुरीमा टिपर रोक्ने र कामदारले बालुवा झार्ने काम गर्थे ।
प्रत्यक्ष दर्शिले बताए अनुसार सधैझै आजपनि दिउँसो १ बजेतिर टिपर रोकिएको र कामदारले बालुवा झार्दै थिए । सोहि क्रममा चालक टिपरबाट झरेका थिए । त्यतिखेर नै एक महिला पिउन भनेर टिपरको झ्याल खोलेर भित्र बोतल खोज्दै थिइन् । ती महिला हुन ज्यान गुमाउने रामकली विक ।
उनले बोतल खोज्दा गाडीको ब्रेक छुइन् र एक्कासी गाडी ब्याक भएर सडक तल खस्यो । बालुवा निकाल्ने अन्य ३ जना भने पछाडी भएकाले उनिहरु घाइते हुनेगरी उछिट्टीए तर ती महिलाको भने गाडीको बीच भागले च्याप्पीएर मृ’त्यु भयो ।
Source : Lekali Online
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







