सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना : ११ जनाको मृत्यु

२९ मंसिर २०७६, आईतवार ०९:११ मा प्रकाशित

२९ मंसिर, काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्सटर गणेश खनालका अनुसार, अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

खनालका अनुसार कालिन्चोक मन्दिर दर्शन गरेर फर्किंदै गरेको बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो ।

Source : Online Khabar

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu