सल्यानमा विद्यार्थी मुर्छा परेपछि पढाइमा बाधा, यस्तो छ लक्षण
कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि सल्यानको शारदा नगरपालिका वडा न ११ महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाको पढाई प्रभावित भएको छ ।
दुई महिना यता कक्षा कोठामै छात्राहरु मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित भएको हो । ९ वर्ष उमेर देखि १२ ÷१३ वर्षभित्रका छात्राहरुमा यस्तो प्रकारको रोग देखिएको हो ।
छात्राहरु विरामी पर्न थालेपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन् । विद्यालयमा जाँदा विरामी होइन्छ भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेका हुन ।
विगगतका वर्षहरुमा २÷३ जना छात्राहरुमा यस्तो समस्या देखिएको थियो । तर जेठ महिनादेखि यो समस्या बढेर गएको उनको भनाई छ । मनोपरामर्शदातालाई ल्याएर परामर्श दिदा पनि विद्यार्थी विरामी हुने क्रम रोकिएको छैन ।
केही साता यता दैनिक २० देखि २५ जना छात्राहरु काप्ने, र्बबराउने, मुर्छा पर्ने गरेका छन् । विद्यालय बाहिर यस किसिमको समस्या नदेखिएको शिक्षिका प्रतिभा ओलीले बताइन । उनले भनिन ‘विद्यालयमा आएपछि र्बबराउने, काप्ने मुर्छा पर्ने भएपछि विद्यार्थी विद्यालयमा आउन मान्दैनन् । रोगको पहिचान गरी निदान गर्न नसक्दा समस्या बढ्दै गएको ओलीको भनाई छ ।’
दैनिक यस प्रकारको समस्या देखा परेपछि विद्यालयमा विद्यार्थी उपस्थिति कम हुदै गएको छ । विरामी भएका विद्यार्थीहरुलाई केहिदिन घरमै आराम गर्न आग्रह गर्ने गरेको प्रधानाध्यापक जीत बहादुर बुढाथोकीले बताए ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री