भद्रगोलको नयाँ एपीसोड फ्लप, यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै
नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।
भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् ।
गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।
यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यूट्यूवमा सो एपीसोडमा १७ हजार लाइक र २३ हजार डिसलाइक देखिएका छन् ।

यति मात्र होइन, यसमा आएका १२ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् ।
उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।
यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए । तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु