ज्ञानेन्द्रले ओमानमा हुने टी–२० सिरिज नखेल्ने !
१७ भदौ, काठमाडौं । यही असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् । असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ । आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको