५९ हजार घुससहित कास्कीका मालपोत अधिकृत समातिए

   
त्रिवेणी अनलाइन
३ भाद्र २०७६, मंगलवार २०:५१ मा
[Sassy_Social_Share total_shares="ON"]

३ भदौ, पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित समातिएका छन् । छिटो जग्गा पास गरिदिने र कर छुटसमेत गरिदिने बाहनामा मंगलबार सेवाग्राहीसँग ५९ हजार रुपैयाँ घुस लिँदालिँदै कुँवर समातिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा गएको अख्तियारको पोखरा कार्यालयको टोलीले मुस्ताङचोकबाट कुँवरलाई घुस दिँदै गर्दा समातेको हो । अनेक बाहना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेका थिए । जग्गा पासमा कर छुटसमेत गरिदिने बताएपछि सेवाग्राहीले कुँवरलाई घुस दिन पुगेका थिए ।

साँझ ६ बजे सेवाग्राहीले गाडीबाट दिएको पैसा मोटरसाइकलबाटै गएका कुँवरको हातमा पर्नेबित्तिकै अख्तियारले समातेको हो । कुँवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu