सल्यानमा केटी–केटीले गरे विवाह
सल्यानमा दुइवटी केटीहरुबीच विवाह भएकाे छ । जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ काेटमाैलाकी याेजना केसीबीच विवाह भएकाे छ । उनिहरु दुवैजना केटी हुन् ।
३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेकाे बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा याेजना अहिले अमिसाकाे घरमा गएर बसेकी छन् ।
माया बसेकै कारण विवाह गरेकाे उनिहरुकाे प्रतिकृया छ । ‘हामीहरु केटी-केटी नै हाैं । समाजले साेचेजस्तेा तेस्राे लिंगी पनि हाेइनाैं । कुनै भाइरल हुनलाइ पनि विवाह गरेका हाेइनाैं, माया बसेर नै विवाह गरेका हाैं’, याेजनाले भनिन् ।
घरपरिवारले नमानेकाे कारण मन्दिरमा गएर सिन्दुर र पाेते लगाएकाे र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएकाे याेजना केसीकाे भनाइ छ । अहिले अमिसाकाे घरमा परिवारले विवाह स्वीकार गरिसकेकाे र याेजनाकाे घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेकाे उनिहरुकाे भनाइ छ ।
दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेकाे बताएका छन्
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा