सल्यानमा केटी–केटीले गरे विवाह

सल्यानमा दुइवटी केटीहरुबीच विवाह भएकाे छ । जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ काेटमाैलाकी याेजना केसीबीच विवाह भएकाे छ । उनिहरु दुवैजना केटी हुन् ।
३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेकाे बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा याेजना अहिले अमिसाकाे घरमा गएर बसेकी छन् ।
माया बसेकै कारण विवाह गरेकाे उनिहरुकाे प्रतिकृया छ । ‘हामीहरु केटी-केटी नै हाैं । समाजले साेचेजस्तेा तेस्राे लिंगी पनि हाेइनाैं । कुनै भाइरल हुनलाइ पनि विवाह गरेका हाेइनाैं, माया बसेर नै विवाह गरेका हाैं’, याेजनाले भनिन् ।
घरपरिवारले नमानेकाे कारण मन्दिरमा गएर सिन्दुर र पाेते लगाएकाे र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएकाे याेजना केसीकाे भनाइ छ । अहिले अमिसाकाे घरमा परिवारले विवाह स्वीकार गरिसकेकाे र याेजनाकाे घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेकाे उनिहरुकाे भनाइ छ ।
दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेकाे बताएका छन्

- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।




