सर्पको टोकाइबाट दिदी बहिनीको मृत्यु

   
त्रिवेणी अनलाइन
२४ श्रावण २०७६, शुक्रबार ११:०६ मा
[Sassy_Social_Share total_shares="ON"]

दाङमा सर्पको टोकाइबाट एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ ।

जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी १० बर्षीया सुजु सार्की र उनकी १३ वर्षिया दिदी कस्मिरा सार्कीको सर्प दंशवाट मृत्यु भएको छ । स्थानीय शिवशक्ति माध्यामिक विद्यालयका प्रधानाध्यापक लिलाधर विकले सेतोपाटीलाई दिएको जानकारी अनुसार मृतक दिदी बहिनीले  कक्षा ७ र कक्षा ५ मा अध्यनरत दिदीबहिनीलाई बिहान ४-५ बजे सुतेकै ठाउँमा सर्पले टोकेको थियो।

भारतसंग सीमाना जोडिएको विकट क्षेत्र भौवा नाकावाट उनीहरुलाई उपचारको लागि सुरुमा भारतको शिरशियास्थित अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार संभव नभएपछि उनीहरुलाई थप उपचारका लागि बहराईच लैजाँदै गर्दा  बाटोममा नै उनीहरुको मृत्यु भएको हो ।

विकट क्षेत्र भएको हुँदा त्यहाँवाट लमहीस्थित  अस्पताल सम्म आउन झन्डै ६-७ घन्टा लाग्ने गर्छ भने भारत तर्फ जाँदा दुई तीन घन्टामा पुग्न सकिने हुँदा उपचारका लागि भारततर्फ लगिएको विकले बताए ।

स्वास्थ्य, यातायात, संचार लगायतको सुविधावाट बञ्चित भौवा नाका क्षेत्र जंगल क्षेत्र हो ।

प्रधानाध्यापक विकका अनुसार एकाबिहानै दुबै दिदी बहिनीलाई सर्पले डसेपनि सुरुमा बिहानभर झारफुकको प्रयास गरेर ढिलागरी अस्पताल लैजाने गल्तीले गर्दा दुबै दिदी बहिनीको मृत्यु भएको हो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu