सल्यान त्रिवेणीमा विदामा पनि स्वास्थ्य संस्था खुल्ला
सल्यानको त्रिवेणी गाउँपालिकाले सार्वजनिक विदाका दिनमा पनि स्वास्थ्य संस्थावाट सेवा सुचारु गरेको छ । गाउँपालिका भित्र ४ स्वास्थ्य चौकी र दुई सामुदायिक स्वास्थ्य केन्द्रबाट विदाको दिनमा समेत स्वास्थ्य सेवा दिन थालिएको हो ।
यहि वर्षको साउन १ गते देखि यहाँका सवै स्वास्थ्य संस्थामा शनिवार र अन्य विदाका दिनमा पनि सेवा दिदै आएको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । उनले भने गाउँ सरकारले लिएका नीति कार्यान्वयन गरिरहेका छौ ।
सार्वजनिक विदाको दिन स्वास्थ्य सेवा पाउँदा खुसी लागेको त्रिवेणी गाउँपालिका २ काँरागिठीकी कामी पुनले वताइन । उनले भनिन शुक्रवारदेखि रुघाखोकी र ज्वरो आएको थियो । शनिवार स्वास्थ्य संस्था खुल्ने थाहापाएर गाउँ नजिकै रहेको कारागिठी स्वास्थ्य संस्थामा पुगेर उपचार गराए । विदाको दिन पनि सेवा पाउदा खुसी लागेको छ ।
सार्वजनिक विदाको दिन स्वास्थ्य संस्था खुल्ला राख्ने नीति गाउँसभाले पारित गरे अनुसार विदाको दिनमा समेत स्वास्थ्य सेवा दिद्रै आइरहेको गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले बताए । उनले भने संविधानमा उल्लेख भएको स्वास्थ्यको अधिकार कार्यान्वयन स्थानीयत सरकारले गरौ भने सार्वजनिक विदाको दिन सेवा दिन थालेका हौ ।
सार्वजनिक विदाको दिन सेवा गरेवापत कर्मचारीलाई अतिरिक्त सुविधा गाउँपालिकाले दिने गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत अहेव, हेल्थ अस्टिेन्ट वा अनमि मध्ये एक जनाले विदाको दिन सेवा प्रदान गर्ने र उक्त दिन सेवा गरे वापत ७ सयका दरले सुविधा दिने गरेको गाउँपालिका प्रमुख प्रशाससकीय अधिकृत रेमन्तवहादुर डाँगीले वताए । स्वास्थ्यकर्मीले आलोपालो सेवा दिने गरेको उनको भनाई छ ।
सुरुका दिनमा विदाको दिन थोरै विरामी आउने गरेको भएपनि प्रचार प्रशार भएपछि विदाका दिनमा पनि ७⁄८ जना सेवा लिन आउने गरेको कारागिठी स्वास्थ्य चौकी इञ्चार्ज शंकर रानाले बताए ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न