blank

ब्राईट पर्ल एकेडेमीले गर्याे ५ सय ८० जना विध्यार्थीको स्वास्थ्य जाँच

   
त्रिवेणी अनलाइन
१८ श्रावण २०७६, शनिबार ०७:१७ मा

सल्यानको एक विद्यालयले आफ्ना सयौं विद्यार्थीको स्वास्थ्य जाँच गरेको छ ।  
सल्यान श्रीनगरमा रहेको व्राइट पर्ल एकेडेमीमा अध्ययनरत ५ सय ८० जना विद्यार्थीको विशेषज्ञ डाक्टरको नेतृत्वमा स्वास्थ्य जाँच गरिएको हो । 
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका पुर्व डाक्टर मान बहादुर कोईरी सहित अन्य स्वास्थ्यकर्मीको उपस्थितीमा सम्पुर्ण विद्यार्थीहरुको रक्तचाप, नाक, कान, घाँटी, पेट तथा छाती र तौलको जाँच गरिएको हे । 
विद्यालयल स्वास्थ्य जाँचका क्रममा फेला परेका विरामीलाइ औषधी वितरण पनि गरेको विद्यलायका फाउन्डर दिपक बोहराले बताए । उनले यस्ता कार्यक्रमलाइ विद्यालयले निरन्तरता दिने भन्दै विद्यार्थी स्वस्थ्य भएमा मात्रै ज्ञान लिन सक्ने भएकाले अविभावक पनि त्यसमा चनाखो बन्नुपर्ने बताए । 

तपाइँको प्रतिक्रिया
Array