मालपोत कार्यालय सल्यानमा अनलाइन सेवा सुरु

   
त्रिवेणी अनलाइन
१६ श्रावण २०७६, बिहीबार १८:३७ मा
[Sassy_Social_Share total_shares="ON"]

हिमाल शर्मा, सल्यान । मालपोत कार्यालय सल्यानले बिहिबार देखि अनलाइन सेवा सुभारम्भ गरेको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्य सहित अनलाइन सेवा सुभारम्भ गरिएको हो । अनलाइन सेवा सुरु हुने देश भरका १ सय ४ वाटा मालपोत कार्यालय रहेकोमा सल्यान जिल्लाको मालपोत कार्यालयस सल्यान देशकै ७७ औं कार्यालय बनेको छ । 
अनलाइन सेवाको सुभारम्भ गर्दै  सल्यान जिल्लाका प्रमुख जिल्लाअधिकारी चुडाराजन्यौपानेले अनलाइन सेवाँले पारदर्शिता कार्यम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाले भन्नुभयो अनलाइन सुेवा सुरु भएपछि अव सेवाग्राहीले घरमै बसेर सेवा लिन दिन सक्ने भएकाले यो समयको मागभएको बताउनुभएको छ  । हरेक सेवाग्राहीको सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्ने  नेपाल सरकारको दायित्व भएको समेत उहाले वताउनुभयो ।‘अव सल्यानमाकुनै पनि सेवाग्राहीले अनलाइन सेवा लिएमा त्यो सिधै सिंहदरवारमा अध्यावधिकहुने हुँदा कथमकदाचित भौतिक क्षति भएमा त्यो केन्द्रमा सुरक्षितहुने हुँदा अनलाईन सेवानिकै भरपर्दो रहेको छ ।’

मालपोतमा कुनै पनि कारोबार गर्दा सेवाग्राहीको मोवाइल नम्बरमा म्यासेज जानेहुँदा कसैले गलत काम गरी रहेको भएमा सम्बन्धित जग्गाधनिले तुरुन्तै कार्यालयमा जानकारी गराएर रोक्न सक्ने बताउनुभयो यस्ने नापि कार्यालयका  नापि अधिकृत भक्त वहादुर विकले नेपाल सरकारले लिएको नितिलाई आत्म साथ गदै नापि कार्यालय सल्यानले पनि कम्प्युटर को माध्याम वाट काम गरी रहेको वताउनुभयो पहिले पहिले काम गर्दा अप्ठेरो लागेपनि विस्तारै काम सहज हुदै जाने वताउनुभयो अव मालपोत कार्यालय का लिखत लाई रोपनीमा मात्र नभएर वर्ग मिटरमा राख्नु पर्ने सुझाव दिनुभयो । नेपाल सरकारले रोपनीमा भन्दा पनि वर्ग मिटरमा जग्गा राख्दा एकरुपता हुने उहाले वताउनु भयो  । मालपोत कार्यालयका कायम मुकायम मालपोत अधिकृत शोभाकर न्यौपानेले अनलाइन सेवा सुरु भएसँगै राजस्वको यर्थात एकिन गर्ने हुँदा सेवाग्राही ठगिनबाट बच्ने बताउनुभयो । भाविदिनमा कार्यालयमा कति राजस्व उठ्न सक्यो भनेर यकिन गर्न समेत अनलाइन सेवा प्रभावकारी हुने वताउनुभयो  । अनलाइन सेवाका लागि सेवाग्राहीको औठाछाप, फोटो सहितको विवरण लिइने भएकाले फर्जी कामको समेत अन्त्यहुने बताउनुभयो । 
शारदा नगरपालिका वडा न १२ स्यानीखालका सन्तबहादुर बुढाथोकीको वैत्तिक विवरण, फोटो सहितको विवरण राखेर अनलाइन सेवाको सुभारम्भ गरिएको हो । सुरुका दिनमा अनलाइनबाट कामगर्दा ढिला भएको अनुभुति गरे पनि पछिका दिनमा सहजहुने विश्वास व्यक्त गनुभयो  । उहाँले भन्नुभयो आफुले आफ्नो सम्पतिको वारेमा घरवाटै जानरकारी पाउने भएकोमा आफु खुसी भएको वताउनुभयो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu