सल्यानको जारुमारेमा एनसेल टावर आगजनी

   
त्रिवेणी अनलाइन
१६ श्रावण २०७६, बिहीबार १०:३३ मा

सल्यान । सल्यानमा अज्ञात समुहले एनसेलको टावरमाथी आगजनी गरेको छ । सल्यानको बागचौर नगरपालिका ५ शिवरथ जारुमारेमा रहेको एनसेल टावरमाथी गएराती अज्ञात समुहले आगजनी गरेको बताइएको छ । आगजनीबाट टावरमा रहेको दुईवटा सालरका प्यानलमध्ये एउटा पुर्ण रुपमा क्षेती भएको प्रहरीले बताएको छ । आगजनीबाट अन्य थप क्षतीको बारेमा खोजतलास भैरहेको प्रहरी श्रोतले बताएको छ । घटनाको कसैले जिम्मा नलिएको र कुनै पर्चा पनि नभेटिएकोले तत्काल केहि भन्न नसक्ने अवस्था भएको प्रहरीको भनार्य छ । तर राज्यलाई कर नतिरेको भन्दै अहिले ठाउँठाउँमा विप्लव नेकपाले टावर आगजनी गर्ने भएकोले त्यसमाथी प्रहरीको आशंका छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाइँको प्रतिक्रिया
Array