त्रिवेणी गाउँपालिका ५ सल्लेखोलामा हाटबजार सुरु
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको उपहार तरकारी संकलन केन्द्र उद्घाटन गरिएको छ । यस वर्षको पहिलोपटक त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष बिमल रावत, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लि. मा आवद्ध कृषकहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेल रहनु भएका गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले व्यवसायिक कृषकहरुको समस्यालाई मध्यनजर गर्दै यस वर्षको हाटबजार सुरु गरिएको बताउनुभयो । किसानहरुलाई कृषि पेशाबाट आत्मनिर्भर बनाउन पालिकाले विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु ल्याएको बताउनु भयो । साथै किसानहरुले उत्पादन गरेको तरकारीमा कुनै पनि कर नगाउने समेत बताउनु भयो ।
सहकारीकी अध्यक्ष प्रेम कुमारी रावतको अध्यक्षता सुरु भएको कार्यक्रमको संचालन बजार प्रवन्धक झिन बहादुर नेपालीले गर्नुभएको थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह