सन्त निरंकारी मण्डल शाखा सल्यानको आयोजनामा रक्तदान शिविर सम्पन्न

   
त्रिवेणी अनलाइन
१० बैशाख २०८०, आईतवार ०७:०४ मा

विश्व मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल शाखा सल्यानको आयोजनामा रक्तदान शिविर सम्पन्न भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ सिंगारीकोटमा भएको उक्त शिविरमा ३५ जनाले रक्तदान गरेका थिए । शिविरको प्रमुख अतिथी रहनु भएका छत्रेश्वरी गाउँपालिका सल्यानका अध्यक्ष ओज बहादुर बुढाथोकीले सन्त निरंकारी मण्डललाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमको स्वागत मन्तब्य मोतिलाल घर्तिले गर्नुभएको थियो भने स्वागत गित चन्द्र पुन र सुशिला पुनले गर्नुभएको थियो । कार्यक्रमको सभापति सिगारीकोट सत्संग ईन्चार्ज रुपलाल गिरी अतिथीहरुमा जिल्ला कमिटी सदस्य विप्लब सल्यानका सेर बहादुर खड्का, सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य दल बहादुर राना, रक्त सञ्चार केन्द्र दाङ घोराही ईन्चार्ज दिलिप न्यौपाने, छत्रेव्री गा.पा. ३ का वडा अध्यक्ष तिर्थराज दाहाल रहनुभएको थियो । उक्त शिविरमा सन्त निरंकारी मण्डलको तर्फबाट १५ महिला तथा १७ पुरुष लगायत अन्य उपस्थितहरुले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले रगत नालिमा होईन, नाडीमा बगाउ भन्ने नाराका साथ शुभकामना राख्नु भएको थियो । कार्यक्रमको संचालन तुल्सीराम पुन मगरले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया
Array