त्रीवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाइ वडा नं. ३ को ढुङ्गीबजारमा सम्पन्न

   
त्रिवेणी अनलाइन
१० चैत्र २०७९, शुक्रबार १९:०५ मा
[Sassy_Social_Share total_shares="ON"]

स्थानीय तह र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
त्रिबेणी गाउँपालिकाको कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, समाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र सरसफाइ लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि सार्वजनिक सुनवाई सम्पन्न गरेको हो । वडा नं. ३ ढुङ्गीबजारमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आर्थिक वर्ष २०७९।८० को दोस्रो चौमासिक सम्म सम्पादन गरिएका काम कारबाहि विकास योजना विभिन्न कार्यक्रमहरु तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइको आयोजना गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाको बजेट, कार्य प्रगति विवरण लगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

३ नं. वडाले आर्थिक बर्ष ०७९।८० मा सम्पादन गरेको कामहरुको जानकारी वडासचिव अमर राज कालाथोकीले गर्नुभएको थियो ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट अमरसिंह बबाल, प्राविधिक शाखाबाट ई. शिजराज गोसाई, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखा प्रमुख वसन्त रावत, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु रहनु भएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न वन समुहका प्रमुख, उपभोक्ता समुहका अध्यक्ष एंव प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वंयसेविका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रमका सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाहरुको गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडाअध्यक्ष कर्णदेव डांगी र सम्बन्धीत शाखा प्रमुखहरु जवाफ दिनु भएको थियो । कार्यक्रमको सहजिकरण त्रिवेणी अनलाइनका पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu