ब्लड क्यान्सर पिडित सुजनलाई कोरियाबाट आर्थिक सहयोग प्रदान
ब्लड क्यान्सर पिडित सुजनलाई दक्षिण कोरियाबाट टर सिङ पुनले आर्थिक सहयोग संकलन गरि पठाउनु भयको सहयोग रकम हस्तान्तरण गरिएको छ । सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी ब्लड क्यान्सर पिडित १४ वर्षीय सुजन पुनको उपचारको लागी टर सिंह पुन मार्फत कोरियामा संकलन गरिएको ८७ हजार २ सय ७ रुपैया बुधबार एक कार्यक्रमका बिच त्रिवेणी गाउँपालिका सल्यानका उपाध्यक्ष सिता खड्का पुनले सुजनको आमा दुर्गा पुनलाई हस्तान्तरण गर्नु भएको हो । दक्षिण कोरियामा कार्यरत सामाजिक काममा निकै सक्रिय रहेका ब्यक्ती टर सिङ पुन लगायत उहाँहरुको टिमले यसभन्दा पहिले पनि सल्यानमा धेरै सहयोग गर्दै आईरहेको छ । पिडित पुनका आमा दुर्गा पुनले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । हालसम्म ५ लाख भन्दा बढी खर्च भइसकेको र अझै १० देखि २० लाखसम्म खर्च हुने उहाँको भनाई छ । उपचार खर्चमा सहयोग गर्न चाहानेले सुजनको आमा दुर्गा पुनको नाममा रहेको माछापुच्छे बैक श्रीनगर शाखाको खाता नं. ६२२२५२४४८४५४३०१७ र मुक्तिनाथ विकास बैकको खाता नं। ०४४२०६००३८०७३८०००००१ जम्मा गर्न सकिने उनको भनाई छ ।
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी