blank

ब्लड क्यान्सर पिडित सुजन अस्पतालमा छट्पटाउदै, सहयोगका लागि परिवारको अपिल

   
त्रिवेणी अनलाइन
८ चैत्र २०७९, बुधबार १८:३४ मा

सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी १४ वर्षीय  सुजन पुन चितवन स्थीत क्यान्सर अस्पतालमा उपचारत छन । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका उनलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ । उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबै सँग सहयोगको अपिल गरेका छन । पिडित पुनका आमा दुर्गा पुनले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । हालसम्म ५ लाख भन्दा बढी खर्च भइसकेको र अझै १० देखि २० लाखसम्म खर्च हुने उहाँको भनाई छ ।
छोराको उपचारका लागि भएको सबै सम्पत्ति सकियो अव केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले र उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गर्नुभएको छ ।
उपचार खर्चमा सहयोग गर्न चाहानेले सुजनको आमा दुर्गा पुनको नाममा रहेको माछापुच्छे बैक श्रीनगर शाखाको खाता नं. ६२२२५२४४८४५४३०१७ र मुक्तिनाथ विकास बैकको खाता नं. ०४४२०६००३८०७३८०००००१ जम्मा गर्न सकिने उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया
Array