सल्यानमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु

   
त्रिवेणी अनलाइन
३० फाल्गुन २०७९, मंगलवार ०९:५७ मा
[Sassy_Social_Share total_shares="ON"]

३० फाल्गुन, सल्यान

सल्यानमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको बनगार कुपिण्डे नगरपालिका वडा नम्बर ९ स्वारा बस्ने अन्दाजी ४० वर्षका आइते रावत र सोही ठाँउ बस्ने बस्ने अन्दाजी १६ वर्षका चित्र बहादुर रावत घर नजिकै रहेको बाहुननाका जंगलमा गएराती शिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किन गइ चित्र बहादुर रावतको पेट र घाटिमा गोलि लागि घाइते भएको र उनको उपचारको लागि सुर्खेत तर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । मृतकको लास निजकै घरमा ल्याइ राखेर आइते रावत फरार भएको स्थानीय युवराज रावतले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटना स्थलमा पुगी घटनास्थल वरपर लगाएत फरार ब्यक्तिको घरमा समेत खोजतलास गर्दा उक्त भरुवा बन्दुक र फरार ब्यक्ती फेला नपरेकोले अनुसन्धान भइरहेको र लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu