सल्यानमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु
३० फाल्गुन, सल्यान
सल्यानमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको बनगार कुपिण्डे नगरपालिका वडा नम्बर ९ स्वारा बस्ने अन्दाजी ४० वर्षका आइते रावत र सोही ठाँउ बस्ने बस्ने अन्दाजी १६ वर्षका चित्र बहादुर रावत घर नजिकै रहेको बाहुननाका जंगलमा गएराती शिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किन गइ चित्र बहादुर रावतको पेट र घाटिमा गोलि लागि घाइते भएको र उनको उपचारको लागि सुर्खेत तर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । मृतकको लास निजकै घरमा ल्याइ राखेर आइते रावत फरार भएको स्थानीय युवराज रावतले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटना स्थलमा पुगी घटनास्थल वरपर लगाएत फरार ब्यक्तिको घरमा समेत खोजतलास गर्दा उक्त भरुवा बन्दुक र फरार ब्यक्ती फेला नपरेकोले अनुसन्धान भइरहेको र लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







