इन्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट सरिता चलाउने पुरस्कृत
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सल्यानकी पत्रकार सरिता चलाउनेलाई प्रदान गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको इन्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट शक्रिय पत्रकार चलाउनेलाई प्रदान गरेको हो ।
२०७२ सालदेखि पत्रकारितामा प्रारम्भ गर्नु भएको चलाउने हाल कान्तिपुर टेलिभिजन, नेपाल समाचारपत्र दैैनिकमा कार्यरत हुनु हुन्छ । साथै रेडियो शारदाको समाचार प्रमुख र सल्यान खबर डटकमको उपसम्पादक समेत हुनु हुन्छ । उहाँ नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको उपाध्यक्ष समेत हुनु हुन्छ ।
रोटरी क्लब र कर्णाली प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएकी चलाउनेले सामाजिक विषयसँगै ग्रामीण क्षेत्रका रिर्पोटिङलाई प्रभावकारी रुपमा अघि बढाउदै आइरहनु भएको छ । ग्रामीण क्षेत्रको विकृतिविरुद्ध र सुशासन एवम् विकासका लागि सशक्त कलम चलाउदै आइरहनु भएको छ । सल्यान जिल्लामा रहेर प्रभावकारी रुपमा पत्रकारिता गर्दै आउनु भएकी उहाँलाई इन्जाले ५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह