हिरा डाँगी स्मृति आमन्त्रण कप फुटबल शुरु
लसीपुरको अरनिको मैदानमा मंगलबारदेखि दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता शुरु भएको छ ।
हिरा डाँगी फाउण्डेसन तुलसीपुर–५ को आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य न्यौपानेले राष्ट्रको शान र गौरवलाई उच्च राख्न खेलकुद महत्वपूर्ण हुने बताउनुभयो । देशलाई चिनाउने माध्यम खेलकुद भए पनि राज्यले हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो हुन नसकेको न्यौपानेले बताउनुभयो ।
फाउण्डेसनका अध्यक्ष पोखरसिंह डाँगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फाउण्डेसनका संरक्षक मानबहादुर डाँगी, फुटबल संघ दाङका अध्यक्ष सञ्जात धिताल, युवा परिषद दाङका अध्यक्ष ऋषिराज लहरे (अरुण) ले बोल्नुभएको थियो । फाउन्डेसनका सचिव केशव चौधरी मिग्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन फाउण्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।
प्रतियोगिताका विजेताले नगद एक लाख ५१ हजार, उपविजेताले नगद ७५ हजार पाँच सय पाउनेछन् । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रदर्शन गर्ने सर्वाेउत्कृट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही तीन हजार पाउनेछन् ।
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।