त्रिवेणी गाउँपालिकामा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
स्वस्थ र समृद्ध त्रिबेणी गाउँपालिका, बिकासमा हाम्रो प्रतिबद्धता, स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ सल्यानको त्रिबेणी गाउँपालिकामा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ४ दिनसम्म संचालन हुने पालिका स्तरीय प्रतियोगिको बुधबार सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित कर्णाली प्रदेशका सांसद सुरेश अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष मान बहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, वडा नं. ५ का वडाअध्यक्ष बिमल रावत, वडा नं. ३ का वडाअध्यक्ष कर्णदेव डांगी, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल लगाएकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कार्यक्रममा बोल्ने वक्ताहरुले पढाई र खेललाई संगै अघि बढाउन बिद्यार्थीहरुलाई सुझाव दिएका थिए । खेलखेल्दा शरिर फुर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भबिष्य पनि खेलसँग जोडिएको उनिहरुको भनाइ थियो ।
पालिकाभरका ७ सय १४ जना खेलाडी सहभागि भएको प्रतियोगितामा ५४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ । सञ्चालित प्रतियोगितामा पालिका भित्रका सामुदायिक र संस्थागत गरेर ३५ विद्यालयले सहभागिता जनाएका छन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह