सल्यानको त्रिवेणीमा बाख्रा तथा बंगुरका पाठापाठी बितरण
सल्यानको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा विपन्न, एकल महिला तथा लक्षित वर्ग विशेष पशुपालन कार्यक्रम अन्तर्गत निशुल्क बाख्रा र बंगुरका पाठापाठी बितरण सम्पन्न भएको छ । न्युन आय स्तर भएका लक्षित वर्गका कृषकहरुको आयआर्जनमा बृद्धि गरी समुन्नत पालीका निर्माण गर्न प्रत्येक वडा बाट ५ जना गरेर ९ जना कृषकहरुलाई १८ वटा बंगुरका पाठापाठी, २१ जना कृषकहरुलाई २१ वटा बाख्रा वितरण गरिएको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । कृषकहरुलाई वितरण गरिएका बाख्रा र बंगुरका पाठापाठीको बिमा गरिएको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै छबिराज शर्माले कृषकहरुको आयआर्यनमा बृद्धि गर्न आफुहरुले काम गरिरहेको बताउनु भयो । पालिकाका बाट पाएको अनुदानलाई सही सदुपयोग गर्नहुन उपाध्यक्ष सिता खड्का पुनले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले पालिकाले निशुल्क दिएको भनेर अवहेलना नगरी मनग्य आम्दानी लिन अनुरोध गर्नुभयो । साथै पालिकाले विभिन्न समयमा अनुगमन गर्ने भएकोले दुरुपयोग नर्गन अनुरोध गर्नुभएको थियो । कोही कसैले बाख्रा बेचेको वा काटेर खाएको पाईएमा कारवाहि गरिने पनि बताउनु भयो । वितरण कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन, वडा नं. ४ का वडा अध्यक्ष छबिराज शर्मा, वडा नं. २ का वडा अध्यक्ष हस्त बहादुर रामजाको उपस्थीती रहेको थियो ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।