सल्यानमा मन्दिर भित्र लगी ८ वर्षीय भान्जको हत्या
सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हसिँया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार दिउँसो पुरीले आफ्नै घर आगनमा रहेको मन्दिर भित्र लगी बालकको हत्या गरेको स्थानीय थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
स्थानीयले भने पुरी मानसिक रुपमा ठिक नभएको र विगत केही महिना देखि औषधी सेवन गरी रहेको जनाएका छन् । पुरीको मानसिक अवस्था ठिक भएनभएको उनको स्वास्थ्य परीक्षण पछि मात्र थाहा हुने श्रेष्ठको भनाई छ । बालकको शव मन्दिर भित्र जमिन मुनी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।