मुक्तिनाथ विकास बैंक १७औं वर्षमा प्रवेश, सल्यानमा पनि विभिन्न कार्यक्रम गरेर मनाईयो ।
मुक्तिनाथ विकास बैंक १६ वर्ष पार गरि १७ औं वर्षमा प्रवेश गरेको छ। पौष १९ गते मंगलबार १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सल्यानका विभिन्न शाखाहरु बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । जसमध्ये सल्यानको श्रीनगरमा रहेको शाखामा केक काटेर चियापान कार्यक्रम गरिएको थियो । शारदा नगपालिका प्रमुख प्रकाश भण्डारी र प्रमुख जिल्ला अधिकारि विपिन आचार्यले केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले बढिभन्दा बढि सेवा प्रवाह गर्दै नगरभित्रका जनताको मात्र नभई जिल्लाकै निम्ती राम्रो काम गर्न शुभकामना दिनुभएको थियो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बैंक प्रति जनताको विश्वास बढ्ने कार्य गर्न सुझाब दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख शिव प्रशाद कुमाईले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र वित्तीय सेवाको माध्यमद्धारा जिल्लाको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने बताउनुभयो ।
उक्त कार्यक्रममा जिल्लाका व्यापरीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधी, सल्यान उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत स्थानिय व्यवसायीहरुको उपस्थीती रहेको थियो भने कार्यक्रमको संचालन हरि वलीले गर्नुभएको थियो ।
जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ मुक्तिनाथ विकास बैंक २०६३ पौष १९ गतेदेखि सञ्चालनमा आएको थियो।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा