सल्यानमा दाङ जादै गरेको बस दुर्घटना ११ जना घाइते
सल्यानको शिद्वकुमाख गाउँपालिका वडा नं. १ पटारेमा शारदा यातायात सेवा प्रा.लि. को ना ८ ख २५३ नम्बरको बस दुर्घटना हुदा ११ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा छ्त्रेश्वरी गाउँपालिका १ दमाचौरका ३८ बर्षिय भद्रविर खत्री, त्रिबेणि ६ लुहामकि ४० बर्षीय टीका नेपाली, सिद्धकुमाख ३ ढोरचौरकि २३ बर्षिय तुलसा देबकोटा, त्रिबेणि गाउँपालिका ६ कि ५१ बर्षिय मायादेवी नेपाली, शारदा नगरपालिका ६ का ३० बर्षिय खुमलाल केसी, छ्त्रेश्वरी २ दहखोलाका ३७ बर्षीय चिरञ्जीवी खड्का रहेको छन् ।
यसै गरि सोही घटनामा परि छ्त्रेश्वरी १ काल्चेकि ६३ बर्षिय चम्फादेबी शर्मा,सोही ठाउँका ३५ बर्षिय नारायण प्रसाद हमाल, शारदा नगरपालिका १५ स्यानिखालका १९ बर्षीय प्रवेश बोहरा, सिद्ध कुमाख गाउँपालिका १ बाझकाडाका ३९ बर्षिय, राजेन्द्र कुमार चलाउने र छ्त्रेस्वरी २ का २४ बर्षिय भुपेन्द्र चन्द रहेका छ्न ।
घाइतेहरुको कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार भइ रहेको र २ जना बिरामीलाई नेपालगन्ज रिफर गरिएको अस्पताल संचालक सागर पाण्डेले बताउनु भएको
सल्यानको दमाचौर बाट दाङ तुलसीपुर जादै गरेको उक्त गाडी के कती कारणले दुर्घटना भएको त्यसको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह