कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्धारा सल्यानका बाढि पहिरो पिडितलाई राहात वितरण
कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्धारा सल्यानका बाढि पहिरो पिडितलाई राहात वितरण गरेको छ । गत असोज २० देखी २४ सम्म सल्यानमा बाढि पहिरोबाट भएको मानविय क्षेति र विस्तापित घर परिवारहरुलाई राहात वितरण गरेको हो । राहात वितरणको पहिलो चरणमा त्रिवेणी गाउँपालिकाका १० जनालाई ब्लाङकेट र डसना प्रदान गरेको हो । यस्तै बाढि पहिरोबाट मृत्यु भएका चन्द्र बहादुर पुनको परिवारलाई नगद रु ५ हजार सहित ब्लाङकेट दिईएको छ । राहत वितरण कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिमबहादुर रावतले अहिलेको चिसो अवस्थामा न्यानो कपडा प्रदान गरेको कर्णाली प्रदेश समाज दक्षिण कोरियालाई धन्यवाद ब्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा पनि राख्नु भएको छ । अब छिटै अन्य पालिकाहरुमा पनि राहात वितरणको कामलाई तिव्रता दिने कर्णाली प्रदेश समाज दक्षिण कोरियाले सहकोषाध्यक्ष टरसिङ पुनले जानकारी दिनुभयो । यस्तै सल्यानमा त्रिवेणी, सिद्धकुमाख, कुमाख र कपुरकोट गाउँपालिकाका ३५ घर परिवारलाई रु १ लाख ६ हजार ५० बराबरको राहत सामग्री वितरण गरिने भएको छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।