लैगिक हिंसा विरुद्धको १६ दिने अभियान त्रिबेणी ५ सिम्कमा कार्यक्रम
सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ५ सिम्कमा सुरु भएको छ । वडा नं. ५ का अध्यक्ष बिमल रावतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत प्रमुख अतिथि, उपाध्यक्ष सिता खड्का पुन, ईप्रका लुहामबाट लक्ष्मीदत्त भट, अधिवक्ता विष्णु शर्मा लगायत वडाबासीहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा लैगिंक हिंसाको बारेका ईप्रका लुहामका सई रविन शाहीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा लैगिंक हिंसा सम्बन्धी कानुन तथा कारवाहीको बारेमा अधिवक्ता बिष्णु शर्माले जानकारी दिनु भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष पुनले महिला हिंसा विरुद्ध आफुले निरन्तर आवाज उठाईरहेको बताउनु भयो । साथै लैगिंक हिंसा न्युनिकरण गर्न विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले पालिकाको तर्फबाट महिला तथा बालवालिका शाखा मार्फत बजेट बिनियोजन गरेर लैगिंक हिंसा न्यूनिकरनका प्रयासहरु भईरहेको बताउनु भयो । उक्त कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख बसन्ता वलीले गर्नुभएको थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह