त्रिवेणी गाउपालिकामा कृषि क्षेत्र बिकास कार्यक्रमको अभिमुखिकरण सम्पन्न

   
त्रिवेणी अनलाइन
१९ भाद्र २०७९, आईतवार १९:३५ मा
[Sassy_Social_Share total_shares="ON"]
सल्यानको त्रिबेणी गाउँपालिकामा पालिका स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई बागचौर सल्यानको आयोजनामा पालिका स्तरिय अभिमुखिकरण तथा कृषि विकास समिति गठन कार्यक्रम सम्पन्न भएको हो । सो अबशरमा पालिकाभित्र रहेका सम्भावित वाली बस्तुहरुको लागि समुह कार्यको माध्यमबाट कार्यक्रमले सहलगानी गर्ने गरि बालि बस्तुहरुको छनोट गरिएको छ । सो कार्यक्रमका अध्यक्ष कृषि क्षेत्र विकास कार्यक्रम कार्यक्रम समन्वय इकाई बागचौर सल्यानका कृषि अधिकृत प्रकाश पौडेलले कार्यक्रमको संचालन मोडालिटि, कार्यक्रमको सहलगानि सिमा, क्षेत्र लगायतका विषयमा प्रस्तुतिको माध्यमबाट प्रकाश  गर्नुभयो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष खिम बहादुर रावतले पालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई बिशेष प्राथमिकताको साथमा अगाडि बढाईरहेको अवस्थामा संघिय सरकारको यस कार्यक्रमलाई पालिकाले साझेदारि र समन्वयका साथ अगाडि बढाउने बताउनु भयो । साथै कार्यक्रमलाई पालिकाभित्र औपचारीक रुपमा समझदारि गरि संचालनको बाटो खुला गरेकोमा कार्यक्रम प्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, बिशिष्ठ अतिथि पालिका उपाध्यक्ष सिता खडका पुन, बिशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन सहित ६ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न समुहरसहकारी प्रतिनिधि, एग्रोभेट संचालक, व्यापारि उझमि, बैक बित्तिय संस्थाका पदाधिकारीहरु लगायतका व्यक्तिको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण मुल्य श्रृङ्खला तथा व्यवसाय बिकास अधिकृत चन्द्र बहादुर कार्कीले गर्नुभएको थियो ।
कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत कर्णालीका १० वटा जिल्लामा  संचालित हुने ६ बर्षे परियोजनाले पालिकाहरुको समन्वयमा मुल्य श्रङ्खला बिकास, सामुदायिक र सार्वजनिक पुर्वाधारमा सह–लगानि, ग्रामिण बित्तिय पहुचँ र दिगो कृषि प्रसारको लागि संस्थागत बिकासको माध्यमबाट बहुपक्षिय कृषि प्रसार लगायतका  कृयाकलापहरु संचालन गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu